शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट प्रदान
नेपालखोज
२०७८ मंसिर १ गते १७:१५

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट प्रदान गरिएको छ । बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्काले पहिलो ई-पासपोर्ट त्रिपुरेश्वरस्थित राहदानी विभागमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई हस्तान्तरण गरेका हुन् ।

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को ठाउँमा सरकारले ई-पासपोर्ट ल्याएको हो। यो पासपोर्ट बनाउन आजबाटै अनलाइन बुकिङ खोलिएको कार्यक्रममा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। उनले अबको केही दिनमै सर्वसाधारणलाई पनि ई-पासपोर्ट दिइने जानकारी दिएका छन्।
सम्बन्धित







प्रतिक्रिया