भारतले न्युजिल्यान्डलाई पाँच विकेटले हरायाे
नेपालखोज
२०७८ मंसिर २ गते ८:४३

काठमाडौं । भारतले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डलाई पाँच विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता बनाएको छ ।
जयपुरस्थित सवाई मानसिंह रंगशालामा टर हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । १६५ रनको लक्ष्य भारतले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया