सुनकाे भाउ सामान्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ मंसिर २ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन २ सय रूपैयाँले बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९३ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ८० रुपैयाँमा नै कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया