अमेरिकी विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटघाट हुँदै

नेपालखोज २०७८ मंसिर २ गते १०:५०

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज ( बिहीबार ) दिउँसो भेटघाट हुँदैछ ।

तीन दिने भ्रमणका लागि हिजो (बुधबार) बेलुका नेपाल आइपुगेका लुले आज प्रधानमन्त्री देउवालाई भेट्ने जनाइएको छ । लुले भोलि परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटघाट गर्ने कार्यक्रम छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको छिनोफानो नभएको बेला भएको यो भेटघाटलाई चासोको रुपमा हेरिएको छ । लुले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया