बुधबार, जेठ १, २०८२

सर्वोच्चमा प्रधानन्यायाधीश राणाले बोलाए पूर्ण बैठक

नेपालखोज २०७८ मंसिर २ गते ११:१३

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (बिहीबार) दिउँसो पूर्ण बैठक बोलाएका छन् । पूर्ण बैठक (फुलकोर्ट) बैठकमा प्रधानन्यायाधीशसहित २० जना सर्वोच्च अदालतका न्यायाधीशहरु सहभागी हुनेछन् ।

यसअघि हिजो (बुधबार) सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालत नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै पूर्ण बैठक बोलाउने निर्णय भएको थियो ।

बैठकले नियमावलीमा राखिने विषयहरुमा पनि सहमति जुटाएको थियो । सहमतिमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषय छन् ।

प्रतिक्रिया