नबिल बैंकले गर्याे प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्टकाे सुरूवात

काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको यस नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट संचालनमा ल्याएको छ ।
बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् ।
यस् नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्टमा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च ब्याजदर प्रदान गर्नेछ । सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।
बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरूवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवं आधुनिक बैंकिङ युगको सुरूवात गर्ने तर्फ केन्द्रित रहेको छ ।
प्रतिक्रिया