शुक्रबार, जेठ ३, २०८२

नेपाली महिला क्रिकेट टोलीले कतारसँग अन्तिम प्रतिस्पर्धा गर्दै

नेपालखोज २०७८ मंसिर २ गते १३:२८


काठमाडौं । नेपाली क्रिकेट महिला टोलीले आज (बिहीबार) कतारसँग अन्तिम टी–ट्वान्टी क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ ।

राष्ट्रिय महिला क्रिकेट टोलीले कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने चार बजे प्रतिस्पर्धा गर्न लागेको हो । आईसीसी महिला टी–ट्वान्टी विश्व कपको एसियाली छनोटको तयारी गर्न नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी श्रृंखला खेलेको हो ।

आजको खेलपछि नेपाली टोली टी–ट्वान्टी विश्व कप छनोट खेल्न यूएई पुग्नेछ । विश्व कप छनोट यही मंसिर ६ गतेदेखि १२ गतेसम्म दुबईमा संचालन हुनेछ ।

प्रतिक्रिया