प्रहरी महानिरीक्षक क्षेत्रीले गरे नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन (फोटो फिचर)

रुपन्देही । प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गरेका छन् । उनले बिहीबार आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन् । उनले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपणसमेत गरेका छन् ।


उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिंदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यविधि निर्माण गरी संरक्षण एवं सम्वद्र्धन गर्नुपर्ने उल्लेख गरे ।
सिमित साधन स्रोतका बावजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै उनले भने, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौ । प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’


महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित महिला एवं बालबालिकाहरूले पाउनु पर्ने सद्भावपूर्ण व्यवहार एवं परामर्श र पीडकहरूले पाउनुपर्ने सजायको निम्ती कटिवद्ध हुन उपस्थित प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।


प्रतिक्रिया