कांग्रेस म्याग्दीको अधिवेशनमा मतदान सुरु

काठमाडाैं । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनअन्तर्गत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा सभापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भए पनि उपसभापति, सचिव, सहसचिव र महाधिवेशन प्रतिनिधिलगायतका पदमा सहमति नजुटेपछि मतदानमार्फत टुंगाे लगाउन लागिएको हो ।
वर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ, पूर्व सहसभापति नेत्रबहादुर महतले एकैसाथ मतदान गरेपछि अहिल्यै मतदान प्रक्रिया जिसस सभाहलमा चलिरहेको छ ।
निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीका अनुसार दुई जना निर्वाचित हुने उपसभापति पदमा कर्णबहादुर भण्डारी केबी, डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, मीनबहादुर कार्की र कमल छन्त्याल प्रतिस्पर्धामा रहेका छन् ।
त्यसैगरी दुई जना निर्वाचित हुने सचिव पदमा भरत ढकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुवेदी र हिराबहादुर पुन प्रतिस्पर्धामा छन् । त्यस्तै दुई निर्वाचित हुने सहसचिव पदमा श्रीराम पौडेल, ध्रुवराज कार्की र कोमलप्रसाद उपाध्याय प्रतिस्पर्धामा छन् ।
दश जना खुला महाधिवेशन प्रतिनिधिमा १८ जना उम्मेदवार प्रस्तिपर्धामा छन् । एक नगरपालिका र पाँच गाउँपालिकाबाट सहभागी ७३५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।
प्रतिक्रिया