भन्सार छलेर ल्याइँदै गरेको सामान बरामद

कञ्चनपुर । कृष्णपुर नगरपालिका-५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरदेखि अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनी ट्रकबाट प्रहरीले बिहीबार पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनी ट्रक चालक नवीन कुवँरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा विना बिल भारतबाट भन्सार छलि ल्याएको पाइएको हो ।
ट्रकमा ल्याइएको समानमा लेडिज सुट २७० थान अन्दाजी मूल्य एक लाख ८९ हजार रूपैयाँ, मिस्री १४५ बोरा अन्दाजी मूल्य दुई लाख ६१ हजार र पेठा मिठाइ ८९ डिब्बा अन्दाजी मूल्य ९३ हजार ४५० रूपैयाँ बराबरको रहेको छ । बरामद समान, ट्रक र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
प्रतिक्रिया