नेप्से २,७६९ अंकमा सीमित, सातामा २८ अर्ब ३८ लाखको कारोबार

नेपालखोज २०७८ मंसिर ३ गते ११:५९

काठमाडौं । यो साता नेप्से २७ सय ६९ दशमलव १३ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २२ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो भने बाँकी तीन कार्य दिन नेप्से बढेको थियो ।

सोही आधारमा यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै नै गत साताको तुलनामा बढ्न पुगेको छ । यो साता कुल दुई सय ३० वटा कम्पनीहरुको तीन लाख ३७ हजार चार सय ७६ पटकको कारोबारमा चार करोड ७९ लाख ७१ हजार एक ९२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

जसबाट कुल कारोबार रकम २८ अर्ब ३८ लाख ३५ हजार आठ सय ७५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो । गत साता भने नेप्सेमा दुई सय ३० वटा कम्पनीहरुको दुई लाख २३ हजार पाँच सय २४ पटकको कारोबारमा दुई करोड ८६ लाख चार सय नौ कित्ता सेयर खरिद बिक्री भएका थिए ।

सोही आधारमा उक्त साता कुल सेयर कारोवार रकम १६ अर्ब छ करोड ८० लाख ५१ हजार एक सय ९० रुपैयाँमा सीमित हुन पुगेको थियो ।

यो साता पहिलो दिन आइतबार एक दशमलव ३८ अंकले घटेर दुई हजार छ सय ८८ दशमलव ९२ अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन ३२ दशमलव ३९ अंकले घटेर दुई हजार सात सय ६९ दशमलव १३ अंकमा सीमित हुन पुगेको थियो ।

यसबीचका बाँकी दिनहरुमा भने नेप्से बढेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन शून्य दशमलव २५ अंंकले बढेर पाँच सय दुई दशमलव ४४ अंकमा सीमित हुन पुगेकोमा अन्तिम पनि तीन दशमलव ४३ अंकले घटेर पाँच सय २२ अंकमा सिमित हुन पुगेको थियो ।

यीबीचमा बाँकी दिनहरुमा सेन्सिटिभ इन्डेक्स पनि बढेको थियो । यो साता महालक्ष्मी विकास बैक, नेपाल टेलिकम नेपाल बंगलादेश बैंक आदिको बढी रकम कारोबार भएका छन् भने नेशनल हाईड्रो पावर कम्पनी, महालक्ष्मी विकास बैंक, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

सेयर सूचीकरणतर्फ भने यो साता अरुण कावेली पावर लिमिटेड, अपी पावर लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयर र मेगा बैंक र नबिल बैंकको सामुुहिक लगानी कोष सूचीकृत भएका छन् ।

प्रतिक्रिया