मंगलबार, वैशाख १६, २०८२

महिन्द्राको टु-एस सर्भिस सेन्टर

नेपालखोज २०७८ मंसिर ४ गते ७:२२

काठमाडौं । महिन्द्रा फोर ह्‌विलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले हालै तीन नयाँ टु-एस सब-डिलरहरु आफ्नो आधिकारिक थ्री-एस डिलर लोक-सुशीला अटो कन्सर्न मातहतमा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कसले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसप कपिलवस्तु, मैनाबगर अटोल्यान्ड मैनाबगर, रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर पाल्पा सञ्चालनमा ल्याउँदै छ ।

‘हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सब-डिलरहरु सञ्चालनमा ल्याएका छौं र आगामी दिनमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौँ,’ महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले बताए ।

प्रतिक्रिया