कोरोना संक्रमणको कडा नियमलाई खुकुलो बनाउँदै अस्ट्रेलिया र जापान
नेपालखोज
२०७८ मंसिर ४ गते १३:३८

काठमाडौं । कोरोना भाइरस संक्रमणका बेला कडा नियम लागु गरेका अष्ट्रेलिया र जापानले ती नियमहरू बिस्तारै खुकुलो गर्न सुरु गरेका छन् । संक्रमणका बेला लकडाउनसहित विभिन्न कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरेका जापान र अस्ट्रेलिया नियममा लचक हुँदै गएका हुन् ।
लक डाउन हटाइसकेका जापान र अस्ट्रेलियाले कडा प्रतिबन्धात्मक ब्यवस्था पनि बिस्तारै हटाउँदैछन् । जापानले ठूला सार्वजनिक कार्यक्रम र भीडभाड हुने ठाउँका कडा नियम हटाउने भएको छ ।
उता अस्ट्रेलियामा पनि सरकारले प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै लगेको छ । यस देशमा प्रतिबन्धात्मक व्यवस्थाविरुद्ध नागरिकले प्रदर्शन समेत गर्दै आएका थिए । तेस्रो चरणको संक्रमणको खतरा अझै रहेकाले पूर्ण रूपमा खुला गर्न भने नसकिने अष्ट्रेलिया सरकारले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया