‘पार्टीका संस्थापक नेताहरुले देखेको सपना पूरा गर्न सक्षम छु’

नेपालखोज २०७८ मंसिर ४ गते १४:३२
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पुरा गर्न सक्ने बताएका छन् । काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताएका हुन् ।

‘किसुनजी, गणेशमान जीको, बीपी जीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो त्यो सपना तपाईहरुको सहयोगबाट पुरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने । जनताका प्रतिनिधि भएपछि जस्तोजुकै अवस्थामा पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया