शुक्रबार, जेठ ३, २०८२

नेपालगन्ज म्याराथनको उपाधि किरणसिंहले जिते

नेपालखोज २०७८ मंसिर ४ गते १४:४८

नेपालगञ्ज । नेपालगन्जमा आयोजित सातौँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)का किरणसिंह बोगटीले कब्जा गरेका छन् ।

आज (शनिबार) भएको म्याराथनमा बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर दौड पूरा गर्दै म्याराथनको उपाधि जितेका हुन् । उनले एक लाख रूपैयाँ पुरस्कार पनि प्राप्त गरेका छन् ।

किरणले साग खेलको गत संस्करणमा स्वर्ण पदक जितेका थिए । यस्तै नेपाली सेनाका नरेन्द्र रावलले दोस्रो स्थान हाँसिल गरेका छन् । उनले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा म्याराथन पूरा गर्दैे ५० हजार नगद पुरस्कार हात पारेका छन् ।

प्रतिक्रिया