दाङको लमहीमा बस दुर्घटना, २९ जना घाइते
नेपालखोज
२०७८ मंसिर ५ गते ७:५६

काठमाडाैं । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा दुर्घटना भएको जनाइएकाे छ ।
आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया