आन्दोलनरत कानुन व्यवसायीले मागे गृहमन्त्री खाँणकाे राजीनामा
नेपालखोज
२०७८ मंसिर ५ गते १२:००

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् ।
सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानुन व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
प्रहरीले सर्वोच्च परिसरमा प्रदर्शन रोक्न खोजेको थियो । त्यसपछि वकिलहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन् । डिउटीमा खटिएका डीएसपीले आफूहरूविरुद्ध नाराबाजी नगर्न भन्दै माइकिङ गरेपछि वकिलहरू थप आक्रोशित भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया