बुधबार, जेठ १, २०८२

११ अंकले घट्दा ४ अर्ब ३५ करोडको सेयर किनबेच

नेपालखोज २०७८ मंसिर ५ गते १५:२९

काठमाडौं । साताको पहिलो कारोबार नेप्से घटेको छ । आज नेप्से ११ दशमलव छ अंकले घटेर २७ सय ५७ दशमलव ५३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले घटेर पाँच सय १८ दशमलव २५ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको ५४ हजार छ सय ६४ पटकको कारोबारमा ७८ लाख ९४ हजार चार सय ६८ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ४ अर्ब ३५ करोड ७३ लाख नौ हजार तीन सय १९ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज दुई वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेकाछन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव एक अंकले घटेर १८ सय २३ दशमलव ६३ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक पनि ६४ दशमलव १६ अंकले घटेर १२ हजार तीन सय ५१ दशमलव १६ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि एक सय ४० दशमलव पाँच अंकले घटेर १४ हजार नौ सय ७६ दशमलव ५८ अंकमा झरेकोमा विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेकाछन् । जलविद्युत समूहको सूचक भने आज १३ दशमलव २१ अंकले बढेर ३२ सय छ दशमलव ३१ अंकमा चढेकोमा उत्पादनमुलक समूहको सूचक पनि बढेको छ ।

नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय ५२ रुपैयाँ ६० पैसामा कारोबार हुंदा तेह्रथुम पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने चार दशमलव २१ प्रतिशतले घटेर छ सय १६ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सात सय ४० रुपैयाँ अन्तिम मूल्यमा ५० करोड ९९ लाख ९२ हजार तीन सय ३२ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया