बुधबार, जेठ १, २०८२

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख नाघ्यो

नेपालखोज २०७८ मंसिर ५ गते १६:३४

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ३५९ पुगेको छ ।

गत चौबीस घण्टामा थप थप ३७० जना डिस्चार्ज भएसँगै नेपालमा संक्रमण निको हुनेको कुल संख्या ८ लाख नाघेको हो । नेपालमा संक्रमण निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार ८४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ र १ हजार २७८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जना गरि कुल २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४९६ पुगेको छ ।

प्रतिक्रिया