आईसीसी महिला टी-२० एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्ने
नेपालखोज
२०७८ मंसिर ६ गते ७:४७

काठमाडौं । यूएईमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्दैछ ।
ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपालले पहिलो खेल जित्दै सुखद सुरूवात गर्ने योजनामा छ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुनेछ ।
नेपालले दोस्रो खेल भाेलि गते भुटानसँग खेल्नेछ भने मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया