एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ मंसिर ६ गते ९:३७

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । १०औं महाधिवेशनको तयारीमा व्यस्त रहेको एमालेकाे बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।
बैठकमा महाधिवेशन तयारीका विषयमा र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय छलफल हुने जनाइएकाे छ ।
महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।
एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि यही मंसिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया