कांग्रेसले ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्दै
नेपालखोज
२०७८ मंसिर ६ गते ९:४०

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज (सोमबार) देशका अधिकांश स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । आज विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।
यसअघि एक निर्वाचन क्षेत्र भएका १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । अन्यत्र अधिवेशनको काम अगाडि बढे पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने रोकिएको छ ।
सर्लाहीमा वडा तहको अधिवेशन केही दिन अघिमात्र भएको छ भने सिन्धुपाल्चोकमा आज हुने कार्यतालिका सार्वजनिक भएको छ ।
आजै विभिन्न जिल्लाको अधिवेशनसमेत हुने कार्यतालिका रहेको छ । आजको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागिसमेत प्रतिनिधि चयन गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया