नेपाली बजारमा प्रिमियम सेडान एल्सभिनको मूल्य तोकियो !

काठमाडौं । चांगन अटो, चीनको नम्बर १ प्यासेन्जर ब्रान्डले आफ्नो प्रिमियम सेडान एल्सभिनको मूल्य सार्वजनिक गरेको छ । चांगनले यसको मूल्य ४२ लाख रुपैयाँ तोकेको छ । एल्सभिनको पप-अप शोरुम, सोल्टी क्राउन प्लाजामा छ ।
चांगन अटोको प्रवेश नेपाली बजारमा, आफ्नो पहिलो गाडी एल्सभिनको आगमन साथ हुनेछ । एमएड बल्यूका अध्यक्ष, विष्णु अग्रवालका अनुसार एल्सभिनमा पाइने भविष्यको उन्मुख डिजाइन र प्रविधिले, नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्डहरू स्थापित गर्न सक्ने क्षमता भएको एक उत्कृष्ट ब्रान्ड हो । ‘हामीले हाम्रा ग्राहकलाई सबैभन्दा राम्रो बिक्री र बिक्रीपछिको सेवा पूर्वाधार दिनेछौं र ग्राहकको आनन्द र अनुभवमा सबैभन्दा बढी ध्यान केन्द्रित गर्नेछौं,’ अग्रवालले भने ।
चांगन इन्टरनेसनलका उपमहाप्रबन्धक डेङले पनि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी हाम्रा पुरस्कार विजेता उत्पादनहरूका साथ ग्राहकहरूको महत्त्वाकांक्षी मूल्यलाई पूरा गर्न अत्यन्तै केन्द्रित र उत्प्रेरित छौं । एल्सभिन नेपालको पहिलो चांगन गाडी हुनेछ । हामी दृढ विश्वास गर्छौं कि एल्सभिनले विलक्षण परिणामहरू प्रदान गर्नेछ । चांगन नेपालको टिमलाई सफलताको शुभकामना ।’ उपभोक्ताहरूले एल्सभिनबाट विलासिता, आराम र कार्यक्षमताको मिश्रण पाउने डेङले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया