बिहीबार, जेठ २, २०८२

महिला क्रिकेटमा हङकङले नेपाललाई हरायो

नेपालखोज २०७८ मंसिर ६ गते १५:१३


काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्व कप एसिया छनोट प्रतियोगितामा हङकङले नेपाललाई पराजित गरेको छ । आज दिउँसो भएको खेलमा हङकङले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको एक सय पाँच रनको लक्ष्य हङकङले चार विकेट गुमाएर १२ बल बाँकी छँदा नैं पूरा गर्यो । हङकङका लागि मारिको हिलले सर्वाधिक ४३ रनको योगदान दिइन् । कप्तान केरी चानले १७ र नताशा मिल्सले १६ रनको योगदान दिए ।

बलिङमा नेपालका कविता कुँवर, सीता राना मगर र सबनम राईले एकएक विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय चार रनको लक्ष्य दिएको थियो ।नेपालकी सीता राना मगरले ४० रनको योगदान दिइन् भने इन्दु बर्माले ३१ रन बनाइन् ।

प्रतिक्रिया