बिहीबार, जेठ २, २०८२

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने मिल्ने आधारसहित बारले सभामुखलाई बुझायाे ज्ञापनपत्र

नेपालखोज २०७८ मंसिर ६ गते १५:१५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन नेपाल बार एसाेसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन बारले सभामुखलाई आज (साेमबार) ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन मिल्ने १८ आधारसमेत उल्लेख गरिएकाे छ ।

बहालवाला प्रधानन्यायाधीश जबरासँग संविधान र स्वतन्त्र न्यायपालिकाले अपेक्षा गर्ने र गरेका कुनै पनि गुण र विशेषताहरु अब बाँकी नरहेको बारले जनाएको छ । 

प्रतिक्रिया