बिहीबार, जेठ २, २०८२

‘दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेका छाैं’

नेपालखोज २०७८ मंसिर ६ गते १६:३८

काठमाडाैं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको बताएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन कमिटीका संयोजकसमेत रहेका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरेर अघि बढने बताएका हुन् ।

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे ।

नेता बादलले एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुःख पाउने दाबीसमेत गरे । उनले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरुको संरक्षण गर्न लागि परेको सत्तारुढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको पनि बताए ।

कार्यक्रममा बोल्दै एमालेका नेता शंकर पोखरेलले नेपालको समृद्धिको योजना बनाएर अघि बढने ओली मात्रै प्रधानमन्त्री भएको बताएका थिए ।

प्रतिक्रिया