‘खेलकुदको स्तर वृद्धिमा धेरै काम गर्नुपर्ने छ’

काठमाडाैं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको हो ।
सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती सिर्जना गर्ने बताए ।
पेट खालि राखेर खेलाडीहरुले खेल्न नसक्ने भन्दै उनले सम्मेलनले कुन खेलको विकास कसरी गर्ने, खेललाई कसरी औद्योगीकरण गर्ने, व्यवसायीकरण गर्ने र खेललाई कसरी पर्यटनको क्षेत्रसँग जोड्ने भन्ने कुरामा जोड दिएको बताए । अध्यक्ष पौडेलले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्ने कुरा सम्मेलनमा छलफल भएको बताए ।
अध्यक्ष पौडेलले भने, ‘नेपालका खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती बनाउँछौँ, नेपाललाई खेलकुदको माध्यमद्वारा माथि उठाउन चाहन्छौँ, त्यसका लागि यो खेल नीति सम्मेलन, यो ऐनको बारेमा मात्रै छलफल गरिरहेका छैनौँ, सरकारले ऐन जारी गरेको छ, एक वर्ष पुगेको छ, ४ वर्षपछि फेरि पुनरावलकोन गरौँला, हामी सम्पूर्ण खेल खेल नीतिको कुरा गरिरहेका छौँ । कुन खेलमा कसरी विकास गर्न सकिन्छ, र खेललाई औद्योगिकरण कसरी गर्ने भन्ने बारेमा, व्यवसायीकरण कसरी गर्न सकिन्छ भनेर खेलकुदको माध्यमबाट नेपालको जिडिपीमा कसरी अध्ययन गर्न सकिन्छ भनेर हामी केन्द्रिकृत छौँ । खेलकुद विश्वविद्यालय तत्काल स्थापन गर्न पहल गरिरहेका छौँ ।’
अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर वृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रतिक्रिया