बिहीबार, जेठ २, २०८२

‘न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा सत्तारुढ गठबन्धनको मत छ’

नेपालखोज २०७८ मंसिर ६ गते १७:५२

काठमाडाैं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव प्रसाद गुरुङले न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा सत्तारुढ गठबन्धनको मत रहेको बताएका छन् ।

सोमबार नेपाल बार एसाेसिएसनले न्यायालयमा गरिरहेको आन्दोलनको सन्दर्भमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले न्यायालयको सुद्धिकरणको सम्बन्धमा सत्तारुढ पाँच दलीय गठबन्धनको ध्यानाकर्षण भएको बताए ।

उनले न्यायापालिकाको स्वतन्त्रता र मर्यादालाई ध्यानमा राखेर समस्यालाई न्यायपालिकामार्फत् नै निकास दिन पहल गरिनुपर्ने गठबन्धन दलको धारणा रहेको स्पष्ट पारे ।

उनले माओवादी केन्द्र पनि छिटो समस्या समाधान होस् भन्ने कुरामा प्रतिवद्ध रहेको उल्लेख गरे । प्रमुख सचेतक गुरुङले आफ्नो पार्टीले अदालतमा देखिएको समस्यासमाधानका लागि सबैलाई आग्रह गरिराखेको पनि बताए ।

प्रतिक्रिया