बिहीबार, जेठ २, २०८२

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत छोडेर जानुपर्छ’

नेपालखोज २०७८ मंसिर ६ गते १८:१७

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत छोडेर जानुपर्ने बताएका छन् ।

सोमबार नेपाल बार एसाेसिएसनले बुझाएको ज्ञापन पत्र लिँदै प्रमुख सचेतक कर्णले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अदालत छोडेर जानुपर्ने बताएका हुन् ।

उनले अदालतमा बार सम्बद्ध कानुन व्यवसायीमाथि भएको प्रहरी दमनप्रति आपत्ति जनाए । प्रमुख सचेतक कर्णले नेपालको इतिहासमै यो अद्भूत अकल्पनीय घटना भएको बताए ।

प्रमुख सचेतक कर्णले सर्वोच्च अदालतमा न्यायाधीशहरुमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताए । नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमबार लोसपासहित अन्य विभिन्न दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया