मंगलबार, वैशाख १६, २०८२

जोमसोममा ५ दिनको डोमिनार राइड

नेपालखोज २०७८ मंसिर ६ गते २०:०१

काठमाडौं । हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि, बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताद्वारा बजाज डोमिनार २५० का चालकहरुका लागि डोमिनार राइड सञ्चालन गर्ने भएको छ ।

जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुक लागि तयार पारिएको पाँचदिने अल पेड ट्रिप हो, जसमा रोमाञ्चक र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ । राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन् ।

यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्नेछ । डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्नेछ ।

प्रतिक्रिया