आज पनि प्रधानन्यायाधीशको राजीमाना माग्दै ध्यानाकर्षण पत्र बुझाइने
नेपालखोज
२०७८ मंसिर ७ गते ९:४३

काठमाडौं । नेपाल बार एसोसिएसन र सर्वोच्च बारले आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउँदै छन् । यी दुई संगठनले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)र नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् ।
कानुन व्यवसायीले हिजो सोमबार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।यस्तै सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
जबराले आफू संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने अडान राख्दै आएका छन् । प्रधानन्यायाधीशले राजीनामा नदिने अडान राखेपछि कानुन व्यवसायीले राजनीतिक दलको ध्यानाकर्षण गराउने कदम चालेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया