१६ सय रुपैयाँले घट्याे सुन, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ मंसिर ७ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन १६ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १६ सय रुपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया