कोभिड खोपले बनाएको एन्टिबडी ९० दिनपछि कमजोर हुने

काठमाडौं । कोभिड खोपले बनाएको एन्टिबडी ९० दिनपछि कमजोर हुने एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपले सर्वसाधारण मानिसको शरीरमा विकास गर्ने एन्टिबडी कति समय प्रभावकारी हुन्छ भन्ने विषयमा अनुसन्धान गरेपछि यो तथ्य फेला पारेको बीबीसीले उल्लेख गरेको छ ।
अनुसन्धानमा संलग्न चिकित्सक डा. विष्णु मरासिनीले काठमाडौं भित्रका १८ सय जनामा अनुसन्धान गरिएको हो । ‘हामीले समुदाय स्तरका खोप लगाएका, नलगाएका र एक मात्र मात्रा लगाएकाहरूमा अध्ययन गरेका हौँ ।दुवै मात्रा खोप लगाएकाहरूमा पनि खोप लगाएको ९० दिन पछि एन्टिबडी घट्दै गएको देखियो,’डा. मरासिनी बताउँछन् ।
धेरैले खोप लगाएको छ महिना नबितेकाले एन्टिबडीको प्रभाव शून्यमा झरिसकेको नसकेको र अध्ययन जारी रहेको डा. मरासिनीको भनाई छ । उनले अध्ययनमा सहभागी केही मानिसमा फलोअप गरिने पनि जनाएका छन् । –बीबीसी
प्रतिक्रिया