अफगानिस्तालाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
नेपालखोज
२०७८ मंसिर ७ गते १२:०४

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।
पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताएका हुन् ।
उनले विश्वका दाता राष्ट्रहरु तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गरेका हुन् । सोमबार मात्र अफगानिस्तानका लागि चीन र इरानले सहायता सामग्रीहरु प्रदान गरेका थिए । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया