मंगलबार, वैशाख १६, २०८२

सानिमा बैंकद्वारा १० लाख दुर्घटना बिमा रकम हस्तान्तरण

नेपालखोज २०७८ मंसिर ७ गते १८:४६

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।

यस बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बिमा रकम एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।

बिमाको रकम कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंक मणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।

स्वर्गीय राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, तीन लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजारसम्मको स्वास्थ बिमा १० हजार बराबरको ओपिडि सेवा र पाँच हजारसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दे आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया