काेभिडबाट युरोपमा थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्ल्यूएचओको चेतावनी
नेपालखोज
२०७८ मंसिर ८ गते १०:१८

काठमाडाैं । सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा ‘उच्च वा चरम दबाब’ हुने चेतावनी दिएको छ ।
युरोपमा अहिले कोरोनाभाइरस संक्रमणमा वृद्धि भइरहेको छ जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछ ।
फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन् । बीबीसी
सम्बन्धित
प्रतिक्रिया