‘न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छ’
नेपालखोज
२०७८ मंसिर ८ गते १०:४१

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । प्रचण्डले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले कुनै धारणा प्रस्तुत नगरेकाे बताएका हुन् ।
बुधबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताए ।
तस्बिर रासस
सम्बन्धित

प्रतिक्रिया