उद्योगी भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपालखोज २०७८ मंसिर ८ गते २१:०१

काठमाडौं । उद्योगी देविप्रकाश भट्टचन कांंग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । प्रभु ग्रुपका अध्यक्ष भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका हुन् ।

भट्टचन अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली कांग्रेस निर्वाचन समितिले जानकारी छ । २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनेका भट्टचन २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार नै बनेका थिए, भने २०४९ साल जिल्ला विकास समिति बागलुङको सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी राजनीतिमा सक्रिय हुन लागेका भट्टचन व्यावसायिकसहित राजनीतिक जीवनलाई पनि सँगसँगै लैजाने योजना बनाएका छन् ।

प्रतिक्रिया