पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि २०७८ स्वीकृत

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । कामपाको ७१औँ कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।
उनका अनुसार कोष सञ्चालनका लागि कामपाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यसहित पाँच जना र होटल संघ, नेपालका तर्फबाट चार जना गरी नौ जनाको निर्देशक समिति निर्माण गरिने पनि जनाइएको छ । वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै कामपा राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ ।
आज बसेको बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७औँ महानगर दिवस मूल समारोह समिति गठनसमेत गररेको छ । समितिको सदस्यमा उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्य रहनेछन् ।

प्रतिक्रिया