संसारमै कमजोर हुँदै छ लोकतन्त्र !

काठमाडाैं । इन्टरनेसनल इन्स्टिट्युसन फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आईडीईए) को एक रिपोर्टका अनुसार संसारमा यस्ता देशहरुको संख्या बढीरहेकाे छ जहाँ लोकतन्त्र कमजोर भइरहेको छ ।
लोकतान्त्रिक मूल्यका लागि काम गर्ने यो संस्थाका अनुसार अहिले थुप्रै देशमा लोकतान्त्रिक मूल्य-मान्यता खतरामा परेको छ । यति धेरै देशको लोकतन्त्रले यसरी एकैपटक चुनाैती झेलेको यो पहिलोपटक हो । यो रिपोर्टले भनेको छ, ‘सस्तो लोकप्रियताका लागि गरिने राजनीति , आलोचकहरुलाई चुप लगाउन भइरहेको कोभिड-१९ महामारीकाे प्रयोग, अन्य देशको अलोकतान्त्रिक व्यवहारकाे नक्कल गर्ने चलन तथा समाजमा फुट ल्याई शासन गर्न गलत सूचनाहरुको प्रयोग जस्ता कुराले धेरै देशमा लोकतन्त्र जोखिमपूर्ण अवस्थामा धकेलिएको छ ।’
आईडीईएले १९७५ देखिको तथ्यांक विश्लेषण गरेर यो रिपोर्ट तयार पारेको बताइएको छ । रिपोर्ट भन्छ ,’पहिलेको तुलनामा निकै धेरै देश अहिले लोकतन्त्रको अवसानको बाटोमा छन् । यस्ता देशको संख्या यति धेरै यसअघि कहिल्यै थिएन । लोकतान्त्रिक मूल्य – मान्यतामा ह्रास आएको कुरामा आईडीईएले सरकार र न्यायपालिकाको स्वतन्त्रताका अतिरिक्त मानवअधिकार तथा प्रेस स्वतन्त्रता जस्ता कुरामा ध्यान दिएको थियो ।’
सन् २०२१ मा सबैभन्दा खराब परिवर्तन अफगानिस्तानमा देखा पर्यो जहाँ तालिवानले सत्तामा कब्जा मात्र जमाएन आफ्ना मानवअधिकार विरोधि तथा अलोकतान्त्रिक नीतिलाई निरन्तरता दिने काम जारी राख्यो ।
म्यानमारमा १ फेब्रुअरी सन् २०२० मा भएको सैनिक कुले लोकतन्त्रको घाँटी निमोठने काम गर्याे । रिपोर्टमा उल्लेख भएअनुसार अफ्रीकि मुलुक मालीमा दुईपटक सरकारकाे सत्ता पल्टाइयो । ट्यूनिशियामा राष्ट्रपतिले संसद भंग गरेर आपत्कालीन शक्ति प्रयोग गर्न थाले ।
रिपोर्टमा ब्राजील, भारत तथा अमेरिका जस्ता स्थापित लोकतन्त्रलाई लिएर पनि चिन्ता व्यक्त गरिएको छ । रिपोर्ट भन्छ, ‘ब्राजील र अमेरिकामा राष्ट्रपतिहरुले नै देशको चुनावी परिणाममा प्रश्न खडा गरे जबकी भारतमा सरकारी नीतिको आलोचकहरुले प्रताडित हुनुपर्याे ।
आईडीईएको रिपोर्ट अनुसार हंगेरी, पोल्यान्ड, स्लोभेनिया तथा सर्बिया यस्ता यूरोपेलि देश हुन जसले लोकतन्त्र लाइ सबैभन्दा बढी हानि पुर्याएका छन् । टर्कीमा २०१० देखि २०२० को बीचमा लोकतान्त्रिक मूल्यमा सबैभन्दा बढी गिरावट देखियो ।
रिपोर्ट भन्छ, ‘तितो सत्य के हो भने संसारको ७० प्रतिशत जनसंख्या यस्ता देशमा बस्छ जहाँ या त लोकतन्त्र छदैं छैन वा नाटकीय रूपमा घटिरहेको छ ।’
रिपोर्ट भन्छ, ‘कोभिड- १९ को महामारीका क्रममा शासक तथा सरकारहरुको क्रियाकलाप अझ बढी अलोकतान्त्रिक देखियो । किनभने तानाशाही शासकहरुले महामारीबाट जनतालाई मुक्ति दिलाउने काममा प्रर्याप्त संम्वेदनशिलता देखाएनन् । बरु बेलारूस, क्यूबा, म्यानमार, निकारागुआ तथा भेनेजुएला जस्ता देशमा दमनलाइ सही ठहर्याउन तथा असहमति को आवाज बन्द गर्न यो महामारिलाइ प्रयोग गरियो ।’
रोयटर्सको फिचरमा आधारित
प्रतिक्रिया