बिहीबार, चैत १५, २०८०

यो दिन सुरु हुनसक्छ आईपीएल २०२२ !

नेपालखोज २०७८ मंसिर ९ गते १०:४७

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) संसारकै सबैभन्दा ठूलो क्रिकेट लिग हो । आईपीएलको रोमाञ्च भारतमा त उग्र रुपमै देखापर्छ भने यसको प्रभावबाट नेपालसहित छिमेकी मुलुक अनि सारा संसारभरका क्रिकेट प्रेमीहरु पनि अछुतो हुँदैनन् ।

अहिले २०२१ नसकिँदै २०२२ को आईपीएलको चर्चा सुरु भइसकेको छ । भनिँदै छ २०२२ को सुरुमै अर्थात जनवरीमै आईपीएलको मेगा अक्सन हुनेछ जसमा संसारभरका उत्कृष्ट क्रिकेटरहरुको लिलाम बढाबढ हुनेछ ।

यसपटक कुन खेलाडीमाथि कुन टिमले कति पैसा लगाउँछ वा कुन खेलाडीले टिम परिवर्तन गर्छ, सबैभन्दा बढी बोली कसको नाममा लाग्छ, कुन स्टार खेलाडी मूल्यविहीन हुन्छ वा कस्ता नयाँ खेलाडीले आईपीएलमा अवसर पाउँछन् तमाम चासो र जिज्ञासाको जवाफ यहि खेलाडी अक्सनले तय गर्नेछ ।

आगामी आईपीएलमा दुई नयाँ टिम पनि सामेल हुँदै छन्, त्यसैले यसपटक आईपीएलमा सधैंभन्दा बढी खेल हुनेछन् । यसको अर्थ बढी प्रतिस्पर्धा, बढी खेल र खेलाडी, बढी रोमाञ्च आदि पनि हो । यस हिसाबले आउँदाे आईपीएल विगतको तुलनामा अझ ठूलो आयोजना हुने पक्का छ ।

यसबीच अहिले आईपीएल-२०२२ सुरु हुने मिति पनि स्पष्ट हुन थालेको छ । भानिन्छ आईपीएलकाे पन्ध्रौं संस्करण अप्रिल महिनामा सुरु हुनेछ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अप्रिल २ तारिखदेखि आईपीएल- २०२२ सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको छ ।

क्रिकबजका अनुसार बीसीसीआईले यसको जानकारी सबै टिम मालिकहरुलाई दिइसकेको छ । यद्यपि आधिकारिक रुपमा मिति घोषणा नहुन्जेल केही दिन तलमाथि हुनसक्छ । आईपीएल- २०२२ मा २०२१ को ८ टिमबीचको ६० खेलको तुलनामा १० टिमबीच ७४ खेल हुनेछ ।

यसैगरी यो प्रतिस्पर्धा पूरा दुई महिना अर्थात् ६० दिन चल्नेछ । त्यति मात्र होइन आईपीएल-२०२२ को फाइनल जुनसम्म पुग्न सक्छ । आईपीएल- २०२२ को फाइनल डे एन्ड नाइटमा जुनको ४ र ५ तारेिखमा खेलिने अनुमान छ ।

यसपटक सहभागि सबै टिमले न्यूनतम १४ खेल खेल्नेछन् । समाचारअनुसार आईपीएल-२०२२ को पहिलाे खेल चेन्नईको एम.ए. चिदंबरम स्टेडियममा हुनसक्छ ।

बितेको सिजनको बिजेताले पहिलो म्याच खेल्ने आईपीएलको परम्पराअनुसार चेन्नई सुपर किंग्सले आईपीएल-२०२२ को उद्‌घाटन खेल खेल्नेछ । आईपीएल-२०२१ कोभिड महामारीको दोस्रो लहरका कारण भारतबाट सुरु भएर पछि यूएईमा खेलाइएको थियो ।

प्रतिक्रिया