मंगलबार, वैशाख १६, २०८२

ज्योति विकास बैंकद्वारा १५ दशमलव पाँच प्रतिशत लाभांश घोषणा

नेपालखोज २०७८ मंसिर ९ गते २३:००

काठमाडौं । ज्योति विकास बैंकले १५ दशमलव पाँच प्रतिशत अर्थात ५९ करोड ५९ लाख ४७ हजार पाँच सय ३१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट हाल कायम रहेको चुक्ता पूँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार सात सय ८१ रुपैयाँ मध्येबाट ११ प्रतिशत अर्थात ४२ करोड २९ लाख ३० हजार पाँच सय छ रुपैयाँ बराबरको बोनस सेयर र चार दशमलव पाँच प्रतिशत अर्थात् १७ करोड ३० लाख १७ हजार २५ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण सम्वन्धी सञ्चालक समितीको यही मंसिर नौ गते अर्थात आज बसेको ४०६औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया