प्रधानमन्त्री सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सरिक (फोटो फिचर)

नेपालखोज २०७८ मंसिर ९ गते २०:२८

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको हो । त्यसअवसरमा प्रधानमन्त्री देउवाको सम्मानमा दिक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुका साथै देउवा समक्ष इज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो ।

?

सो अवसरमा प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुका साथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गरे ।

दिक्षान्त समारोहलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको विरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पुर्‍याएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै कर्तव्यपालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिएको सहिद सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुका साथै घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

प्रतिक्रिया