बिफिनले एक दिने अन्तराष्ट्रियस्तरको सम्मेलन आयोजना गर्ने

नेपालखोज २०७८ मंसिर ९ गते २०:५८

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिएफआईएन) ले कन्फिरेन्स अफ लिडरसिप डेभलपमेन्ट फर न्यु नर्मल विषयमा एक दिने सम्मेलन आयोजना गर्ने भएको छ । संस्थाले २७ नोभेम्बर २०२१ (मंसिर ११, २०७८) शनिबारका दिन र्‍याडिसन होटलमा एक दिने सम्मेलन आयोजना गर्न लाागेको जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिरु एवम् अन्य पेशागत संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहनेछ । यसका साथै नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका प्रस्तोता एवम् विज्ञहरुबाट ज्ञान आदान–प्रदानको उपयुक्त अवसर हुनेछ ।

सम्मेलनको उद्घाटन तथा प्रमुख आथित्यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट हुने कार्यक्रम रहेको छ । सम्मेलनका अन्य अतिथिहरुमा भारतीय रिर्जव बैंकका पुर्व गभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा.चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र रहने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया