बिहीबार, वैशाख ६, २०८१

पैदल हिँड्नुका फाइदा !

डा. हेमराज कोइराला २०७८ मंसिर १० गते ८:५२

जपानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घजीवनको राज शरीरिक सक्रियतालाई मान्छन् । आफूलाई शरीरिकरूपले सक्रिय राख्न तनका दैनिक पैदल हिँड्ने गर्छन् । शारीरिक सक्रियताको सबैभन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिँड्ने विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाएका छन्। वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुन्छ ।

शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणमा फाइदा हुने भएकाले आज संसारका धेरै ठाउँहरूमा हिँड्नकै लागि पार्कहरू बनाइएका छन् । यो व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् । गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभ छन् ।
– तौल कम गर्दछ ।
– फोक्सोको कार्यक्षमतालाई बढाउँछ।
– प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउँछ।
– चाँडै बुढो हुनबाट बचाउँछ।
– क्यानसर रोकथाममा मद्दत गर्छ।
– मधुमेहलाई नियन्त्रण गर्छ।
– मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।
– खाना पचाउनमा सहयोग पुर्‍याउँछ।
– रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।
– मानसिक ताजगी महसुस गराउँछ।
–दीर्घ रोगहरूलाई जित्न मद्दत गर्छ।
– मस्तिष्कघातको जोखिमलाई कम गराउँछ।
–तनाव कम गर्दछ।
– शरीरिक असक्षमताहरूमा राम्रो फाइदा पुर्‍याउँछ।
– भेरिकोज भेन हुन दिदैँन।
– विस्मृतिको समस्या चाँडै आउन दिदैँन।
– खराब, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्छ।
– राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्छ।
– जोर्नीहरूलाई जाम हुन दिदैँन।
– जवान बनाउँछ।
– दीर्घजीवी बनाउँछ।
– रचनात्मक बनाउँछ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया