बुधबार, वैशाख १२, २०८१

ऋषिको ‘चुरीफुरी’ मा सोना

नेपालखोज २०७८ मंसिर १० गते ६:५५

काठमाडौं । मिस ग्ल्यामरस आइकल २०१६ की सेकेन्ड रनरअप सोना बज्राचार्य नेपाली रजतपटमा डेब्यु गर्दै छिन् । लेखक तथा निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’मार्फत सोनाले नेपाली सिनेमामा डेब्यु गर्न लागेकी हुन् । विभिन्न म्युजिक भिडियो तथा विज्ञापन खेलेपछि मोडल सोना सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन् । चुरीफुरीको ट्रेलर आज (शुक्रबार) रिलिज हुँदै छ ।

चलचित्र चुरीफुरीमा सोनासँगै रवीन्द्र झा, सुवोध गौतम, राजीवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, दीपक आचार्य, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य मुख्य कलाकारका रुपमा छन् ।

दीपक शर्माको संगीत रहेको यस सिनेमाको गीतमा समिर आचार्य, विश्व नेपाली, बेनिसा पौडेलको स्वर छ । भीमफेदी ग्रुपको कोरियोग्राफी रहेको यस सिनेमाको छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन नवीन निरौलाले गरेका छन् । पाश्र्व संगीत हेमराज आश्रमको छ ।

विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सहनिर्माता रहेको यस सिनेमाको निर्माता ऋषिराज आचार्य र रीना ढकाल भण्डारी रहेका छन् । डीसीएन वितरक रहेको सिनेमा चुरीफुरीको डिजिटर पार्टनर हाइलाइट नेपाल रहेको छ । चलचित्र आगामी पुस ९ गते अल नेपाल रिलिज हुनेछ ।

निर्देशक ऋषिराज आचार्य निर्देशित चलचित्र ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ अल नेपाल प्रदर्शनमा रहेको छ । केही सिनेमा हलमा हाउसफुल चलिरहेको निर्देशक आचार्यले बताए ।

प्रतिक्रिया