सोमबार, वैशाख १७, २०८१

Don- 3 : अमिताभ स्टारर डनकि ‘रोमा’ जीनत अमानले रणवीर सिंहको पोस्टमा के टिप्पणी गरिन ?

नेपालखोज २०८० साउन २६ गते १६:०२

काठमाडाैं । रणवीर सिंहले फरहान अख्तर निर्देशित डन- ३ मा आफुले मुख्य भूमिका निर्वाह गर्न लागेको कुरा पुष्टि गरेका छन्। टाइटल अनाउन्समेन्ट भिडियोसँगै सामाजिक सञ्जालमा रणवीरको लुक पनि सार्वजनिक भएको छ । डन – ३ को यो भिडियो सामाजिक सञ्जालमा केही बेरमै भाइरल भयो र त्यसमा मानिसहरुको प्रतिक्रिया पनि देखियो । यसबीच अमिताभ बच्चन स्टारर डनकि ‘रोमा’ अर्थात् अभिनेत्री जीनत अमानले पनि रणवीर सिंह डन बन्न लागेकोमा प्रतिक्रिया दिएकी छिन् ।

रणवीर सिंहले आफ्नो बाल्यकालका केही तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन् कि उनी लामो समयदेखि यो समयको प्रतिक्षामा थिए । रणवीरले लेखेका छन्, ‘मलाई बाल्यकालदेखि नै फिल्मि संसार मन पर्थ्यो । त्यसमा पनि म शाहरुख खान र अमिताभ बच्चनलाइ भगवान जत्तिकै मान्थे । उहाँहरुकै कारण म अभिनेता भएँ र अहिले उहाँहरुको विरासतलाई अगाडि बढाउने मेरो सपना साकार भएको छ । यो ठूलो जिम्मेवारी हो र दर्शकहरुले मलाई माया दिनुहुनेछ भन्ने आशा लिएको छु । म पक्का छु कि बिग बी र शाहरूखले ममाथि गर्व गर्नुहुनेछ।

जीनत अमानको प्रतिक्रिया

डन- ३ मा रणवीर सिंहले कामगर्ने पोस्टमा कमेन्ट गर्दै जीनत अमानले लेखेकि छिन – शुभकामना रणवीर, आशा छ तपाईंले डनका लागि उत्कृष्ट ‘जंगली बिरालो’ पाउनुहुनेछ।

स्मरण रहोस्, पहिलो डन अर्थात् १९७८ मा रिलिज भएको फिल्म डन (जसमा अमिताभ बच्चन मुख्य भूमिकामा थिए ) मा जीनत अमानले रोमाको भूमिका निर्वाह गरेकी थिइन्, जसका लागि तयार पारिएको ‘मुझे जंगली बिल्लियां बहुत पसंद हैं भन्ने संवाद निकै चर्चित थियो।

सोशल मीडिया यूजर्सको रिएक्शन

रणवीर सिंहले फिल्म डन- ३ मा मुख्य भुमिका निर्वाह गर्ने कुरा आधिकारिक रुपमा पुष्टि भए सँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसका बारेमा तीव्र प्रतिक्रिया दिइरहेका छन् । यसबाट रणबिरका प्रशन्सकहरु निकै खुसी छन् भने अर्कातर्फ कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता यसबाट चिन्तित छन् । ती सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भन्छन्- शाहरुख खान बिना डन बन्न सक्दैन । यस क्रममा थुप्रै ह्यासट्याग ट्रेन्ड पनि देखिएका छन्।

प्रतिक्रिया