मंगलबार, वैशाख २५, २०८१

‘सहायक श्रीमान्’ जापान र क्यानाडामा पुरस्कृत

नेपालखोज २०८० वैशाख १८ गते २१:३०

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापान र क्यानाडामा आयोजित चलचित्र महोत्सवमा एकैसाथ अवार्ड जितेको छ ।

गणेश पाण्डे निर्देशित वृतचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौँ मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा ब्रोन्ज अवार्डअन्तर्गत एक हजार अमेरिकी डलर बराबरको रकम जितेको हो ।

सोही महोत्सवमा निर्देशक पाण्डेले ‘फिल्म फन्डिङ’ शीर्षकमा एक लाख डलर प्राप्त गर्नुभएको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वृतचित्र ‘सहायक श्रीमान्’ ले उत्कृष्ट पुरस्कार पाएको जानकारी निर्देशक पाण्डेले दिए।

मेहोदो महोत्सवमा एक सय २२ देशका तीन हजार पाँच सय सय ३३ चलचित्र तथा वृतचित्र प्रतिस्पर्धामा थिए ।

‘नेपाली वृतचित्र एक लाख डलरको कोष जित्नु आफैँमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो’, निर्देशक पाण्डेले भने, ‘निर्माणका क्रममा पटक पटक हुम्ला जिल्लामा बिताएको दुई महिने कठिन दिनको प्रतिफल पाएको आभाष भएको छ ।’

एक लाख डलर पुरस्कार निर्देशक पाण्डेलाई आगामी वृतचित्र परियोजनाका लागि दिइएको हो ।

प्रतिक्रिया