शुक्रबार, चैत १६, २०८०

नेप्से २,७३१ दशमलव ७८ अंकमा सीमित, सातामा २० अर्ब ४५ करोडको काराेबार

नेपालखोज २०७८ मंसिर १० गते १०:१५

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै सुखद देखिएन । नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेको भएपनि दुई कार्य दिन मात्र नेप्से बढेको थियो ।

बाँकी तीन कार्य दिन भने नेप्से सूचकसँगै कारोबार रकम पनि उच्चरुपमा घटेको थियो । सोही आधारमा नेप्से सूचकसँगै कारोबार रकम पनि यो साता खुम्चिएको छ ।

यो साता नेप्से दुई हजार सात सय ३१ दशमलव ७८ अंकमा अंकमा सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १५ दशमलव ६४ अंकमा सीमित हुन पुगेको छ । कुल दुई सय ३३ वटा कम्पनीहरुको दुई लाख ६१ हजार सात सय ७३ पटकको कारोबारमा यो साता तीन करोड ७८ लाख ४० हजार एक ४६ कित्ता सेयर किनबेच भएका छन् ।

सोही किनबेचमा आधारमा कुल कारोबार रकम २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार एक सय ८४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै कम हो ।

गत भने साता भने नेप्सेमा दुई सय ३० वटा कम्पनीहरुको तीन लाख ३७ हजार चार सय ७६ पटकको कारोबारमा चार करोड ७९ लाख ७१ हजार एक ९२ कित्ता सेयर किनबेच भएका थिए ।

उक्त किनबेचका आधारमा उक्त साता कुल कारोबार रकम २८ अर्ब ३८ लाख ३५ हजार आठ सय ७५ रुपैयाँ पुगेको थियो । पाँच कार्य दिनमध्ये यो साता नेप्से पहिलो, तेस्रो र पाँचौ दिन घटेको थियो भने दोस्रो र चौथो दिन सामान्य अंकले बढेको थियो ।

जसअनुसार पहिलो दिन ११ दशमलव छ अंकले घटेर दुुई हजार सात सय ५७ दशमलव ५३ अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा दुुई हजार सात सय ३१ दशमलव ७८ अंकमा खुम्चिन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन तीन दशमलव ७५ अंंकले घटेर पाँच सय १८ दशमलव २५ अंकमा सीमित भएकोमा अन्तिम कारोबार दिनसम्म आइपुग्दा पाँच सय १५ दशमलव ६४ अंकमा सीमित हुन पुगेको थियो ।

यसबीचमा नेप्से सूचक र सेन्सिटिभ इन्डेक्स दुवैमा निकै उतारचढाव आएको थियो । नेप्सेमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, नबिल बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् भने कारोबार भएको सेयर संख्याको आधारमा नेशनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यसैगरी बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् । सूचीकरणतर्फ भने यो साता सामलिङ पावर कम्पनी र न्यादी हाइड्रो पावर कम्पनीको साधारण सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया