शुक्रबार, जेठ ३, २०८२

कांग्रेसको अधिवेशनमा प्रहरीले हस्तक्षेप गर्‍यो : कोइराला

नेपालखोज २०७८ मंसिर १० गते १३:५७

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको अधिवेशनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । विभिन्न जिल्लाको कांग्रेस अधिवेशनमा प्रहरीले हस्तक्षेप गर्नु अधिकारभन्दा बाहिरको विषय भएको भन्दै आपत्ति जनाएका हुन् ।

नेता कोइरालाले कांग्रेसको जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरीले हस्तक्षेप गर्दै अमर्यादित क्रियाकलाप देखाएको भन्दै सामाजिक सन्जालमार्फत विरोध जनाएका छन् ।


उनले सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र कांग्रेस कार्यकर्तालाई प्रहरीले बीच बाटोबाट पक्राउ गर्ने कार्य निन्दनीय भएको उनले प्रस्ट्याएका छन् ।

प्रतिक्रिया